एजेन्सी । युरोपका १५ राष्ट्रले ४० हजार अफगानी नागरिकलाई शरण दिने भएका छन्। त्यसमध्ये जर्मनीले सबैभन्दा बढी अफगानीलाई स्वीकारेको छ।

युरोपेली मुलुकहरु ४० हजार अफगानी नागरिकलाई पुर्नवास गर्न सहमत भएको अलजजीरामा खबर छ। सबैभन्दा बढी जर्मनीले २५ हजार, नेदरल्याण्डले ३ हजार १ सय ५९, स्पेन र फ्रान्सले २५/२५ सय अफगानी शराणार्थी लिने भएका हुन्।

Your Ad Code Here

बाँकी रहेको संख्या युरोपका अन्य मुलुकहरुले लिने एफपीले जनाएको छ। अवैध ढंगले युरोप छिर्न थालेपछि शरणार्थीका लागि संयुक्त राष्ट्रसंघिय उच्चायुक्तको कार्यालयले वैध ढंगले केही अफगानी नागरिकलाई स्वीकार्न युरोपेली मुलुकहरुलाई आग्रह गरेको थियो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग