सप्तरी : डा. सी. के. राउतको चरित्र हत्या हुने गरी भ्रामक समाचार श्रंखलाबद्धरूपमा सम्प्रेशन भएको छ ।

जनमत पार्टिका अध्यक्ष डा सीके राउत र उनकी श्रीमती सोनी सिन्धु रानी बिचको पारिवारिक विषयमा भ्रामक समाचार श्रंखलाबद्धरूपमा प्रकाशित भएको हो।

Your Ad Code Here

भ्रामक समाचार प्रकाशित गरेको भन्दै डा. राउतले शीर्ष खबर प्रालि, उक्त अनलाइनको अध्यक्ष तथा सम्पादक कल्पना दाहाल, सप्तरी फत्तेपुरका दिनेश शर्मा र श्यामकुुमार यादव र पत्रकार बैद्यनाथ यादवलाई विपक्षी बनाई फिराद पत्र जिल्ला अदालत काठमाडौंमा दर्ता गरिएको छ ।

राउतले फिराद पत्रमा विपक्षले प्रकाशित गरेको विषय अदालतमा दर्ता गरेको आफ्नो व्यक्तिगत विषय भएको लेखेका छन् । परस्त्रीसँग सम्बन्ध राखेको, पटक पटक रंगेहात फेला परेको भनी आएका समाचार झुठ, बनावटी र आफ्नो मान प्रतिष्ठामा खलल पुर्‍याएको उनले फिराद पत्रमा लेखेका छन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग