काठमाडौं । अधिवक्ता स्वागत नेपालले भ्रष्टाचारीलाई मृत्युदण्ड दिनुपर्ने कानून बनाइनुपर्ने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचार अन्त्यको अन्तिम विकल्प भनेको मृत्युदण्ड नै रहेको बताएका हुन् । उनले पूर्वीय दर्शनले मृत्युदण्डलाई स्वीकार गर्ने बताए । तत्कालीन समयमा मनुस्मृतिले बलात्कारीको लिङ्ग काट्नुपर्ने व्यवस्था गरेको स्मरण गराउँदै उनले भ्रष्टाचारको अन्त्यका लागि एउटामात्रै विकल्प मृत्युदण्ड रहेको दाबी गरेका हुन् ।
‘भ्रष्टाचारको सन्दर्भमा पूर्वीय दर्शनले मृत्युदण्ड दिन्छ । मृत्युदण्ड नमान्ने हिन्दु हुँदैन । हिन्दुले मृत्युदण्ड दिन्छ, हाम्रो दर्शन दण्डको हो । विश्वको सबैभन्दा पहिलो संविधान यो भूमिमा बनेको थियो । मनुस्मृति । मनुस्मृतिले भन्छ–बलात्कार गर्नेहरुको लिङ्ग काटिदिनुपर्छ । भ्रष्टाचार गर्नेको एउटामात्रै अन्तिम कानूनी व्यवस्था मृत्युदण्ड नै हो । त्यो बाहेक अरु हुन सक्दैन । त्यसपछि देखिन्छ अन्त्य हुन्छ कि हुँदैन रु’ प्रश्न गर्दै उनले भने ।
साथै, उनले प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणमा आउँछु, आउँछु भनेपछि बल्ल–बल्ल निमन्त्रण पाएको बताए । भारतमा १० वर्षको अवधिमा दुई जना प्रधानमन्त्री हुँदा नेपालमा भने ११ जना पुगेको उनले बताए । अहिले देशका परराष्ट्र नीति सही नरहेको पनि उनको भनाइ छ ।
‘भारतमा १० वर्षमा दुई जनामात्रै प्रधानमन्त्री हुँदा नेपालमा ११ जना प्रधानमन्त्री भएछन् । अनि नेपालका प्रधानमन्त्री यस्ता सस्ताहरुलाई जहिले पनि जहिले पनि रातो कार्पेट ओच्छ्याएर स्वागत गर्न फुर्सद हुन्छ त उनीहरुको रु धन्न–धन्न आउँछु, आउँछु भनेपछि जान खोज्दैछन् । यसको अर्थ केही पनि छैन । कुनै अर्थ छैन । नेपालको परराष्ट्र नीति पृथ्वीनारायण शाह कालको दुई ढुङ्गाबीचको तरुल । अहिले दुई ढुङ्गाबीचको तरुल होइन, दुई तरुणबीचको ढुङ्गा भएको छ । हामी ढुङ्गाजस्तो बनेका छौं,’– उनले भने ।
त्यस्तै, सहकारी ठगी र संगठित अपराध मुद्दाको पुर्पक्षका लागि रूपन्देही कारागारमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेको जेल सरुवालाई उनले अगामी कात्तिक १७ मा रुपन्देही–३ मा हुन गइरहेको प्रतिनिधिसभाको उपनिर्वाचनको प्रभावको रुपमा लिएर । लामिछानेलाई कुनै दया मायाले जेल सारिएको नभइ उनलाई त्यहाँ राखिराखे रास्वपाको भोट बढ्ने खतरालाई मध्यनजर गरेर यस्तो नीति अपनाइरहेको उनको दाबी छ ।
‘रूपन्देहीमा उहाँलाई त्यही जेलमा राखिरहँदा भेट्न जाने, आउने चहल(पहल बढ्छ र रास्वपाको माहोल बढ्छ भनेर त्यहाँबाट हटाइहाल्नु परेको छ सरकारलाई । काठमाडौंतिर ल्याउनु परेको छ । कारण यतिमात्रै हो । सिगान पुछिदिएजस्तो गरेर नाक काटिदिएजस्तो मात्रै हो । चुनावको माहोल त्यहाँ उहाँ रहिरहनुभयो भने बढ्नेछ रास्वपाको भनेर मात्रै त्यहाँबाट हटाउन खोजिएको हो । कुनै दया मायाले होइन,’– उनले भने ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech