काठमाडौं। सहकारी ठगी र संगठित अपराधमा पुर्पक्षको लागि रुपन्देही कारागारमा रहेका रास्वपाका सभापति रवि लामिछानेलाई काठमाडौं ल्याईएको छ ।

काठमाडौं ल्याईनुअघि उनले केही सन्देश प्रवाह गरेका छन् । पार्टीका प्रवक्ता मनिष झाले लामिछानेसँग गरेको छोटो सम्वादलाई सार्वजनिक गरेका छन् । जसमा लामिछानेले अब कृष्ण नजन्मिने तर जन्मिएकाहरुले नै कृष्ण बन्नुपर्नेछ भनेर सन्देश प्रवाह गरेका छन् ।

Your Ad Code Here

भैरहवाबाट काठमाडौं बुद्ध एयरमार्फत लामिछानेलाई काठमाडौं ल्याईएको हो । काठमाडौं जान लागेकोबारे मनिषले सोधेको ‘काठमाडौं जानुहुदै छ, के सोच्दै हुनुहुन्छरु’ प्रश्नमा लामिछानेले भने,“पुरै नेपाल मेरो घर हो। सबै नेपाली आफन्त हुन, सबैसंग माया छ, सदभाव छ, सबैको हामीप्रतिको विश्वासमा आभार छ।’’

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग