एजेन्सी- युरोपा लिग फुटबलमा इंग्लिस क्लब आर्सनलले विजयी सुरुवात गरेको छ ।

समूह चरणको पहिलो खेलमा बिहीबार राति अष्ट्रियन क्लब रापिड विएनलाई २-१ ले पराजित गर्दै आर्सनलले सुखद सुरुवात गरेको हो ।

Your Ad Code Here

रापिडको मैदानमा एक गोलले पछि परेको स्थिति उल्टाएर आर्सनलले जित निकालेको हो ।

खेलको ५१औं मिनेटमा ट्याक्सीअरचिस फोन्टसले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।

तर, ७०औं मिनेटमा डेभिड लुइजले गोल गर्दै आर्सनललाई १-१ गोलको बराबरीमा फर्काए । त्यसपछि खेलको ७४औं मिनेटमा पिएरे एम्रिक औबामियाङले गोल गर्दै आर्सनललाई २-१ को जित दिलाए ।

जितसँगै समूह ‘बी’ को आर्सनलले महत्वपूर्ण ३ अंक जोडेको छ । रापिडले भने हारबाट सिजनको सुरुवात गरेको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग