देशका उच्च पहाडी र हिमाली भू–भागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपात र पहाडि भू–भागका थोरै स्थानहरुमा हल्का बर्षा हुने सम्भावना रहेको तथा बदलि, बर्षा र हिमपातका कारण अधिकतम र न्युनतम तापक्रममा केहि गिरावट आई देशैभरी चिसो बढ्ने संभावना रहेकोले चिसोबाट बच्न सजग रहनुहुन सबैमा अनुरोध छ।
देशभर सामान्य बदली रही सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी, बागमती प्रदेश र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपातको साथै सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका भू–भागहरुका केहि स्थानहरु तथा बागमती र प्रदेश न. १ को भू–भागहरुका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको मोसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
पौष २० गते (सोमबार)दिउँसोः देशभर सामान्य बदली रही सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी, बागमती प्रदेश र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपातको साथै सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका भू–भागहरुका केहि स्थानहरु तथा लुम्बिनी, बागमती र प्रदेश न. १ को भू–भागहरुका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।रातिः देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपातको साथै सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका भू–भागहरुका केहि स्थानहरु तथा लुम्बिनी, बागमती र प्रदेश न. १ को भू–भागहरुका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।
पौष २१ गते (मंगलबार)दिउँसोः देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपातको साथै सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका पहाडी भू–भागहरुका थोरै स्थानहरु तथा बागमती र प्रदेश न. १ को भू–भागहरुका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।रातिः देशभर आंशिक देखि सामान्य बदली रही सुदुर पश्चिम , कर्णाली, गण्डकी , बागमती प्रदेश तथा प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपातको साथै सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागहरुका केहि स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।
पौष २२ गते (बुधबार)दिउँसोः देशको सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली तथा बाँकी प्रदेशहरुमा आन्शिक बदली रहने छ । सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा तथा गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।रातिः देशको पहाडी भु–भागमा आंशिक बदली रहि एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech