सप्तरी (फत्तेपुर) । तापक्रममा कमि भई चिसो रहने हुनाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध छ । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ ।
हाल देशको पहाडी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ भने तराईका केहि स्थानमा हुसु र कुहिरो लागेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
पौष १८ गते (शनिबार)
दिउँसोः लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू–भागमा आंशिक बदली रहनेछ।सुदुर पश्चिम प्रदेश तथा कर्णालीका उच्च हिमाली भू–भागमा हल्का हिमपात तथा सुदुर पश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का बर्षाको समेत सम्भावना रहेको छ ।
रातीः देशभर आंशिक देखि सामान्य बदली रहनेछ।सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च हिमाली भू –भागमा हल्का हिमपातको सम्भावना रहेको छ साथै सुदुर पश्चिम, कर्णाली र गण्डकी प्रदेशका एक(दुई स्थानमा हल्का बर्षाको समेत सम्भावना रहेको छ ।
पौष १९ गते (आईतबार)
दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रही सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशका उच्च हिमाली भू –भागमा हल्का हिमपातको साथै पहाडी भू–भागहरुका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।
रातीः देशभर आंशिक देखि सामान्य बदली रही सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशका उच्च हिमाली भू– भागमा हल्का हिमपातको साथै पहाडी भू–भागहरुका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।
पौष २० गते (सोमबार)
दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रही सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी र बाग्मति प्रदेशका उच्च हिमाली भू –भागमा हल्का हिमपातको साथै सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका पहाडी भू–भागहरुका केहि स्थानहरु तथा बाग्मति र प्रदेश न. १ को भू–भागहरुका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।
रातिः देशभर आंशिक देखि सामान्य बदली रही सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी र बाग्मति प्रदेशका उच्च हिमाली भू– भागमा हल्का हिमपातको साथै सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका पहाडी भू–भागहरुका केहि स्थानहरु तथा बाग्मति र प्रदेश न.१ को भू–भागहरुका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।
तपाईको प्रतिक्रिया