सप्तरी । मधेश प्रदेशका सांसद मा. भाग्यश्री चौधरीले आम जनता सुलभ, सस्तो र सहज तरिकाले बिधुत प्रयोग गर्न पाउनु पर्ने बताएकी छन् ।
प्रदेशसभाको तेस्रो अधिवेशनको २९औँ बैठकमा बोल्दै जनमत पार्टीकी सांसद चौधरीले सहज तरिकाले बिधुत प्रयोग गर्न पाउनु पर्ने बताएकी हुन् । साथै सांसद चौधरीले यस सम्बन्धमा नेपाल बिधुत प्राधिकरणका डाईरेक्टरलाई समेत गम्भिर ध्यानाकर्षण गराएकी छन् ।
‘सुलभ, सस्तो र सहज तरिकाले आम जनता लाई बिधुत प्रयोग मा पहुच होस्’ बैठकमा चौधरीले भनेकी छन् । ‘म यो गरिमामय सदन मा सभामुख ज्यूको मार्फत मधेश सरकार, नेपाल सरकार र नेपाल बिधुत प्राधिकरण को डाईरेक्टर ज्यूलाई गम्भिर ध्यानाकर्षण गराउन चाहन्छ।’
यसअघि चौधरीले ‘सर्वसाधारणले उनिहरूको नियम अनुसार महसुल बुझाएन भने २५ प्रतिशतको दरले रकम थप गर्दै जान्छ। र केहि महिना मैं घरको लाईन काट्छ। उनिहरुले छिन छिनमा लाईन काटेको कारण घरमा बिधुत बिग्रेको खण्डमा ५०० वा त्यो भन्दा बढि रकम लिएर नै लाईन मर्मत गर्छ।
आदि आदि धेरै कुराहरू छन जो नेपाल बिधुत प्राधिकरणले गल्तीहरू गर्दै आईरहेका छन्। बिधुत प्राधिकरण को लापरवाहीले जनताको क्षति भए नियम अनुसार कारवाही हुनुपर्ने। जनतालाई शोषण गर्न कुनै निकाय लाई छुट छैन। के यसलाई नियमन गर्ने नेपाल सरकार वा हामी जनप्रतिनिधि होईनौ ?’ भनि प्रश्न समेत गरेकी छन् ।
सडकमा भएको पोल तार समयमा व्यवस्थापन नगरेकै कारण बिकास निर्माणको काम समयमैं सम्पन्न हुन नसकेको सांसद चौधरीले आरोप समेत लगाए। बिधुत प्राधिकरण जनतामुखि बनाउन संघ सरकार र मधेश सरकारसंग उनको बिशेष माग रहेको थियो।
तपाईको प्रतिक्रिया