सप्तरी । सप्तरीमा एक पुरुषको पोखरीमा डुबेर मृत्यु भएको छ ।
पोखरीमा माछाको चारो हाल्न गएका पुरुषको डुबेर मृत्यु भएको हो ।
मृत्यु हुनेमा अग्निसाईर कृष्ण सवरण गाउँपालिका वडा नं. २ ईटहर्वाका ५२ वर्षीय बाबु नन्द चौधरीको रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।
सोमबार साँझ करिब ५ बजे आफ्नो निजी पोखरीमा माछाको चारो हाल्न गएका चौधरी घर नफर्केपछि आफन्तजनहरुले सोही दिन देखि खोज्दै गर्दा मंलबार विहान करिब साढे ८ बजे उनको चप्पल पोखरीको डिलमा फेला परेको थियो ।
चप्पल फेला परेकाले स्थानियहरुले पोखरीको पानीमा जाल लगाई खोजतलास गर्दा चौधरीको शव फेला परेको खबर स्थानियहरुले प्रहरीलाई दिएो जिप्रका सप्तरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया