काठमाडौं । राष्ट्रवादी नागरिक समाजले मंसिर २६ गते शुक्रबार १२ बजे रत्नपार्कमा बृहत प्रदर्शन गर्ने भएको छ ।
राजसंस्था पुर्नवहालीको माग गर्दै राष्ट्रवादी नागरिक समाजले मंसिर २६ गते शुक्रबार १२ बजे रत्नपार्कमा बृहत राजावादी जनप्रदर्शन गर्ने भएको हो । आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर समाजले देशव्यापी आन्दोलन अन्र्तगत राजधानीमा जनप्रदर्शन गर्न लागेको जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा राष्ट्रवादी नागरिक समाजका संयोजक चबराले राजतन्त्रको पुर्नबहालीका लागि देशव्यापी आन्दोलन अन्र्तगत २६ मंसिरमा जनप्रदर्शन गर्न लागेको बताए । उनले देशमा विगत ११ बर्ष देखि राजसंस्था पुर्नवहालीको अभियान चलिरहेको समेत बताए ।
प्रमुख राजनीतिक दलका नेताले देशलाई कमाई खाने भाँडो बनाएको भन्दै अब देशमा राजसंस्था पुर्नवहाली ढिलो भए झन् समस्या थपिने बताए । उनले भने, ‘अब राजसंस्था जतिसक्दो छिटो पुर्नवहाली गर्नैपर्छ ।’
तपाईको प्रतिक्रिया