सप्तरी । सप्तरीस्थित राजविराज कारागारका एक जना कैदीबन्दीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ५८ वर्षीय उदव प्रसाद खतिवडा रहेका छन् । पेट दुख्न थालेपछि उपचारकोलागि अस्पताल लगिएका खतिवडाको मृत्यु भएको जेलर सुमन कोइरालाले बताएका छन् ।
जेलर कोइरालाले ‘विहान ८ बजेतिर पेट दुख्यो भनेपछि उपचारको लागि खतिवडालाई निजी क्लिनिकमा लगेका थियौं, क्लिनिकमै खतिवडा वेहोस भए, त्यसपछि उनलाई गजेन्द्रनारायण सिंह अस्पतालको इर्मेजेन्सी वार्डमा भर्ना गरेका थियौं ।’ भनेका छन् । उपचारकै क्रममा उनको विहान सवा ११ बजे मृत्यु भएको जेलर कोइरालाले बताएका छन् ।
तपाईको प्रतिक्रिया