सप्तरी (फत्तेपुर) । तुलसी एउटा विरुवा मात्र नभएर यसको वहुउपयोगी गुण छ । औषधीय गुणका रुपमा तुलसी जति महत्वपूर्ण छ धार्मीक रुपमा पनि हिन्दु धर्ममा निकै पवित्र मानिन्छ । हिन्दु धर्ममा तुलसी बिना धर्म संस्कार पनि पुरा हुँदैन । विज्ञानले समेत तुलसीको फाइदाका बारेमा धेरै कुराहरु पुष्टि गरिसकेको छ ।
तुलसी धेरै रोगको औषधीका रुपमा पनि प्रयोग गरिन्छ । तुलसीले चिसो, रुघा खोकी र सास सम्बन्धि रागे लगायतमा औषधीका रुपमा प्रयोग गरिन्छ । कोरोनाको समयमा अहिले नेपालीको धेरै जसो भान्छामा तुलसीको पात प्रयोग हुने गरेको छ । औषधीको गुणले भरपूर्ण तुलसीको पात राखेर पकाएको पानी खाँदा पनि रुघा खोकी लगायत समस्या समाधान हुन्छ ।
शरद ऋतुभर सबै प्राणीका लागि तुलसीलाई महाऔषधि मानिन्छ। यी बाहेक अन्य पनि धेरै छन् तुलसीका फाइदाहरु रहेका छन् । राति सु त्ने समयमा सिरानी मुनि तुलसीको पाँच पात राखेमा तपाइँको जीवनमा धेरै परिर्वतन आउन सक्ने धर्मशास्त्रीहरु बताउँछन् ।
रातको समय सिरानी मुनि राखेका तुलसीका पाँच पातले दिनभरको त’ना’वलाई हटाउनेछ । यसको साथै दिमागले पनि शान्त भएर काम गर्ने विश्वास गरिन्छ । यस्तो गर्दा तपाइँभित्र भएको नकरात्मक शक्ति हटाउँनेछ र व्यापारमा पनि धेरै बढोत्तरीव हुने विश्वास गरिन्छ । तुलसीको पातले छाला सम्बन्धि समस्या पनि कम गर्छ । अनुहारमा भएको खिल निकालेर धेरै चमक दिन्छ । तुलसीको फुल र पातले महिलालाई हुने महिनावारी गडबडीको समस्या पनि हटाउँछ ।
तपाईको प्रतिक्रिया