जनकपुरधाम । विवाहपञ्चमी महोत्सवका जन्ती जनकपुरधामका लागिप्रस्थान गरेका छन् ।
मिथिलाको सांस्कृतिक पर्व विवाहपञ्चमी महोत्सवका जन्ती आज बिहान महोत्तरीको मटिहानीबाट जलेश्वर हुँदै जनकपुरतर्फ प्रस्थान गरेका हुन् ।
मङ्गलबार मटिहानी पुगेका भारतीय साधुसन्त एकरात यहाँ श्रीलक्ष्मीनारायण मठको आतिथ्यता ग्रहण गर्दै आज बिहान जलेश्वर हुँदै जनकपुरतर्फ प्रस्थान गरेका हुन् । रामजानकी विवाहमहोत्सवमा अयोध्याबाट जन्ती भई साधुसन्त जनकपुर आउने पुरानो परम्परा रहेको छ । महोत्सवमा अयोध्याका अतिरिक्त भारतका विभिन्न ठाउँबाट साधुसन्त आउने गरेका छन् ।
तपाईको प्रतिक्रिया