जनकपुरधाम । भगवान रामको तिलकोत्सव कार्यक्रम सम्पन्न भएको छ ।
प्रदेश नं २ को राजधानी जनकपुरधाममा जारी सप्ताहव्यापी विवाहपञ्चमी महामहोत्सव अन्र्तगत सोमबार भगवान रामको तिलकोत्सव कार्यक्रम सम्पन्न भएको हो ।
सप्ताहव्यापी विवाहपञ्चमी महामहोत्सवको चौथो दिन स्थानीय महाविर युवा कमिटील जनकपुरधामको राम मन्दिरको प्राङ्गनमा आयोजना गरेको तिलकोत्सव कार्यक्रममा जनकपुरको जानकी मन्दिर वाट १०८ वटा कोसेली राम मन्दिर पठाइएको थियो ।
कार्यक्रममा जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले जगत जन्नी माता सिताको वुवा राजा जनकको भूमिका र राम मन्दिरका महन्थ राम गिरीले भगवान रामको वुवा राजा दशरथको भूमिका निर्वाह गरि भगवान रामको तिलकोत्सव गरे।
तपाईको प्रतिक्रिया