सप्तरी (सिमरा) । मधेश प्रदेशको आठ वटा जिल्लामा आर्थिकवर्ष २०८१ को साउनदेखि असार मसान्तसम्म ७ हजार ४ सय ४३ वटा दुर्घटना हुँदा ५ सय ६४ जनाको मृत्यु भएको छ ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, बाराका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक वकिलबहादुर सिंहले दिए अनुसार पर्सामा ५५६ दुर्घटनामा ४७ जनाले ज्यान गुमाएका छन् भने, बारामा १ हजार १४७ घटनाबाट ९३ जनाले ज्यान गुमाएको हो ।
यसैगरी रौतहटमा ८०८ वटा दुर्घटना हुँदा ६६ जना, सलार्हीमा १ हजार ३७ दुर्घटनामा ५६ जना, महोत्तरीमा ६७९ दुर्घटनामा ४५ जना, धनुषामा १ हजार २२१ दुर्घटनामा ८४ जना, सिराहामा ९६७ दुर्घटनामा ८९ जना र सप्तरीमा ८२८ दुर्घटनामा ८४ जनाले ज्यान गुमाएका हुन् । यस क्रममा जम्मा १० हजार ६७२ वटा सवारी साधन एक अर्कोमा ठोक्किएका सिंहले बताए ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रमुख एवम् प्रहरी उपरीक्षक रामकुमार सिल्वालले यस दुःखद घटनाको तिव्रता देखेर, यातायात नियमको पालना र सतर्कता बढाउनुपर्ने आवश्यकता अत्यन्तै महत्त्वपूर्ण रहेको बताए।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech