सप्तरीते । सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सप्तरीस्थित तालिम शिक्षालयको उद्घाटन गरेका छन् ।

महानिरीक्षक अर्यालले सप्तरीको कन्चनरुप नगरपालिका वार्ड नं २ बरमझियास्थित सशस्त्र प्रहरी बल नेपाल दन्तकाली विशेष कार्य तालिम शिक्षालयको उद्घाटन भएको हो ।

Your Ad Code Here

महानिरीक्षक अर्यालले गत वर्षमात्र नेपाल सरकारले स्तरोन्नति गरी सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकसहित संरचनागत रूपमा कार्य प्रारम्भ गरेको शिक्षालयले एक वर्षभित्र नै उद्घाटन गर्ने गरी कार्य गरेकोमा शिक्षालयको प्रशंसा गरे ।

महानिरीक्षक राजु अर्यालले अब एन्टि टेरोरिजम, होस्टेज रेस्क्यू, फायर फाइटिङ् एवम् वाटर रेस्क्यू सम्बन्धित तालिमहरू उल्लिखित शिक्षालयमा सञ्चालन गरिने बताए । महानिरीक्षक अर्यालले शिक्षालयको कार्यालय भवन अगाडि तयार गरिएको शिलालेखको पर्दा अनावरण गरी उद्घाटन गरेका छन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग