सप्तरी । सुन्दर देखिने सबैको चाहना हुन्छ। विशेष गरी महिला आफूलाई आकर्षण देखाउनका लागि विभिन्न कस्मेटिक्सको प्रयोग गर्ने गर्छन्। जुन त्यति फाइदाजनक देखिदैन।

समय परिवर्तनसँगै व्यस्त र प्रतिस्पर्धाको जीवनशैली, काम को तनाव, अस्वस्थयता, उदासिनताले अधिकांश मानिस तनावग्रस्त रहन्छन्। जसले गर्दा सौन्दर्य घट्दै जान्छ।

Your Ad Code Here

सौन्दर्य वृद्धिको लागि यी कुराहरुमा ध्यान दिने गरौं।

– राती खुकुलो प्रकारको कपडा लगाएर सुत्नुपर्दछ, उज्यालो बत्तीको प्रकाशमा सुत्नु हुँदैन।

– चिन्ता तनाव, डाह, इष्र्याबाट मुक्त हुने, सकरात्मक सोच राख्नुपर्छ, योग, ध्यान व्यायाम गर्ने, सन्तुलित जीवनशैलि अपनाउनुपर्छ।

– मनलाई शान्ती प्रदान गर्ने खालको पुस्तक पढ्ने जसले मन हलुंगो भइ निन्द्रा लाग्छ।

– वेडमा जानु अगाडि नै बाथरुमको काम सकाउनुपर्छ, जसले गर्दा राती उठ्नु जरुरी हँदैन।

– सुत्नुअघि ऐना सामु उभिएर हास्नुस र आफैलाई शुभरात्री भन्नुहोस्। यसबाट आफैप्रति संम्वेदनशील बनिन्छ र आफ्नो सौन्दर्यप्रति सचेत भइन्छ।

– सुत्नेबेलामा मुस्कुराउदै आफुले आफैलाई शुभरात्रीको कामना गर्नुहोस, जसले तपाईको अनुहारमा थप उत्साह जगाउछ, थकान बिर्साएर मिठो निन्द्रा लाग्छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग