विराटनगर । कोरोना सङ्क्रमणबाट मोरङका अस्पतालमा थप ९ जनाको मृत्यु भएको छ ।

सोमबार रातिदेखि मङ्गलबार बिहानसम्म कोरोना सङ्क्रमणबाट मोरङका अस्पतालमा थप ९ जनाको मृत्यु भएको हो ।

Your Ad Code Here

कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा चार, नोबेल शिक्षण अस्पतालमा तीन, र विराटनगर अस्पताल र विराट मेडिकल कलेजमा१-१ जनाको मृत्यु भएको छ ।

नोबेलमा मेडिकल कलेजमा विराटनगर-१६ का ५२ वर्षीय पुरुषको छ । उनको बिहान ४ बजे मृत्यु भएको छ । नोबेलमै धनुषाको जनकपुर-४ का ५२ वर्षीय पुरुषको बिहान ४ः३० बजे मृत्यु भएको छ । उदयपुरको त्रियुगा नगरपालिका-८ का ५५ वर्षीय पुरुषको पनि नोबेलमै बिहान ६ः३० बजे मृत्युमृत्यु भएको छ ।

त्रियुगा–५ का ५० वर्षीय पुरुषको कोसी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा मंगलबार बिहान १ः३० बजे मृत्यु भएको छ । झापाको दमक नगरपालिका-८ की ५६ वर्षीया महिलाको मंगलबार बिहान पनि कोसीमै मृत्यु भएको छ । विराटनगर-१० का ६८ वर्षीय वृद्धको सोमबार राति मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग