काठमाडौं । गायिका स्मिता दाहालको ‘इबादत बन गए हो’ बोलको हिन्दी गीत सार्वजनिक भएको छ ।

गीतमा स्मिताका साथै भारतीय गायक शबाब साबरीले स्वर दिएका छन् । केआर वाहीको शब्द रहेको गीतमा गायक शबाब साबरीकै संगीत रहेको छ ।

Your Ad Code Here

गीतको भिडियोमा स्मिताका साथै अभिनेता अर्जुन बिजलानीको अभिनय देख्न सकिन्छ । साथै, भिडियोलाई राजिव एस. रुईयाले निर्देशन गरेका हुन् ।स्मिताले सामाजीक सञ्जालमार्फत यसबारे जानकारी दिएकी छिन् ।

स्मिता प्रचण्डकी नातिनी समेत हुन् । गीतको भिडियो आज भारतीय पप च्याटबस्टर्सको युट्युब च्यानलबाट सार्वजनिक गरीएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग