सप्तरी । सरकारी छाप दस्तखत गर्ने मुद्दाका फरार प्रतिवादी प्रहरीको फन्दामा परेका छन् ।
आइतबार दिउँसो सरकारी छाप दस्तखत गर्ने मुद्दाका फरार रहेको व्यक्रिलाई मोरङ प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१४ का ३८ वर्षीय तुलसी महतो रहेका छन् ।
जिल्ला अदालत मोरङले २०६७ असोज १३ गतेको फैसलाले सरकारी छाप दस्तखत गर्ने मुद्दामा १ बर्ष कैद सजाय भई फरार रहेका महतोलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका–८ जिल्ला अदालत छेउबाट पक्राउ गरि उनलाई जिल्ला अदालत मोरङमा जिम्मा लगाइनेछ।
तपाईको प्रतिक्रिया