सप्तरी । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले दाइजो प्रथा सामाजिक अपराध भएको बताएका छन् ।
धनुषाको गणेशमाण चारनाथ नगरपालिका २ छघरीयामा रहेको मदरसाको प्राङ्गणमा आयोजित दहेज मुक्त अभियान कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले दाइजो प्रथा सामाजिक कुरीति मात्र नभइ सामाजिक अपराधसमेत रहेको बताएका हुन् ।
मुख्यमन्त्री राउतले दहेजरूपी सामाजिक अपराधलाई अन्त्य गर्नुको विकल्प नरहेको पनि बताएका छन् । राउतले दाइजोको नाममा समाजमा आपराधिक घटनाहरू भएको बताउँदै यस्ता अपराध अन्त्य गर्न सबैलाई आ–आफ्नो ठाउँबाट प्रण गर्न आग्रह समेत गरेका छन् ।
तपाईको प्रतिक्रिया