सप्तरी । तास खेलिरहेको अवस्थामा १६ जना पक्राउ परेका छन् ।
मध्यबिन्दु नगरपालिका–११ मजुवा बस्ने २७ वर्षीय रोमन बयम्बुको छाप्रोमा तास खेलिरहेको अवस्थामा प्रहरीले रोमन लगायत १० जनालाई पक्राउ गरेको हो ।
उनीहरुलाई नगद ४९ हजार ३ सय १५ रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको जनाएको छ । उक्त छाप्रोमा जुवातास खेलिरहेको खबर प्राप्त हुनासाथ प्रहरी चौकी अरुणखोलाबाट खटिएको प्रहरीले पक्राउ गरेको थियो ।
त्यस्तै, दमक नगरपालिका–२ बस्ने ४० वर्षीय मोहन कुमार तामाङको घरमा तास खेलिरहेको अवस्थामा तामाङ लगायत ६ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त घरमा जुवातास खेलिरहेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख २० हजार ५ सय रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको जनाएको छ ।
तपाईको प्रतिक्रिया