सप्तरी । खोटाङबाट विप्लवका कार्यकर्ता हतियारसहित पक्राउ परेका छन् ।
बुधवार राति प्रहरीले खोटाङ जिल्लाको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडा, सेखुवास्थित खलेबारी जंगलबाट विप्लवका कार्यकर्तालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी नारायण प्रसाद चिमरियाले बताएअनुसार पक्राउ पर्नेमा सोलुखुम्बु सोताङ गाउँपालिका–४ घोंदरेका २२ वर्षीय विप्लव कार्यकर्ता केवी तामाङ ‘बागध्वज’ रहेका छन् ।
जंगलमा टेन्ट टाँगेर बसेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ । उनको साथबाट भरुवा बन्दुक, राइफल तथा पेस्तोलका गोली, बारुद, छर्रालगायत बन्दोबस्तीका सामानलगायत अन्य समानहरु पनि बरामद गरेको प्रहरुलिे जनाएको छ ।
तपाईको प्रतिक्रिया