सप्तरी (फत्तेपुर) । नवलपरासीमा ३ लाख ३६ हजार १० रुपैया मुल्य बराबर अवैध मालसामान बरामद भएको छ ।
आइतबार बिहन नवलपरासीले जिल्लाको बिभिन्न स्थानबाट३ लाख ३६ हजार १० रुपैया मुल्य बराबर अवैध मालसामान बरामद भएको हो। जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार बर्दघाट नगरपालिका वडा नम्बर ४ टिसिएन चोकबाट भारतबाट अवैध रुपमा ल्याउदै गरेको अन्दाजी १ लाख ६ हजार १ सय मुल्य बराबरको कपडा बरामद गरेको छ ।
उक्त सामान मोटरसाईकलमा राखि ल्याउदै गर्दा प्रहरी टोलीलाई देखी सामान फाली मानिस मोटरसाईकल सहित भागेको समेत प्रहरीले जनाएको छ । त्यसैगरी आइतबार नै नेपालबाट भारत तर्फ अवैध रुपमा लैजादै गरेको अन्दाजी १ लाख २८ हजार मुल्य बराबरको ३२ बोरामा १६ क्वीटल हरियो मटर प्रहरी चौकी बसहियाबाट खटिएको प्रहरी टोलीले प्रतापपुर गाउँपालिका वडा नं५ बसहियाबाट बरामद गरेको छ ।
त्यसैगरी नेपालबाट भारत तर्फ अवैध रुपमा लैजादै गरेको अन्दाजी १८ हजार मुल्य बराबरको ३ बोरामा १५० केजी छोडा र सोही समयमा भारतबाट नेपाल तर्फ अवैध रुपमा ल्याउदै गरेको अन्दाजी ७४ हजार १ सय ६० मुल्य बराबरको एल पि जी ग्यास पाइप, कुकरको बिड, ग्यास वर्नर, कुकरको सिटि, ग्यास रेगुलेटर, लगायत , वर्नर बेस, ग्यास स्टेन, स्टिलको गिलास, रेसमको डोरी लगायतका मालसामान सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले सरावल गाउँपालिका वडा नं.७ बुलन्दपुरबाट बरामद गरेको जनाएको छ भने, भारतबाट अवैध रुपमा ल्याउदै गरेको अन्दाजी ९ हजार ७ सय ५० मुल्य बराबरको बिभिन्न किसिमका कपडा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली रामग्राम नगरपालिका वडा नं. ५ बाईपास चोकबाट बरामद गरेको छ ।
उक्त मालसामान मोटरसाईकलमा राखि ल्याउदै तथा लैजादै गर्दा प्रहरी टोलीलाई देखि सामान फाली मोटरसाईकल सहित मानिस भागेको प्रहरीले जनाएको छ । बरामद भएका सम्पुर्ण सामान आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिए ।
तपाईको प्रतिक्रिया