सप्तरी (फत्तेपुर) । बैतडीमा १० किलो चरेशसहित १ जना पक्राउ परेका छन् ।

बिहीबार राति ११ बजेतिर जिल्लाको पुर्चौडी नगरपालिका–६ को मोडलीधारबाट ३० वर्षीय मानबहादुर धामी पक्राउ परेका हुन् ।

Your Ad Code Here

प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले दिएको जानकारी अनुसार बझाङको बुङ्गल नगरपालिका ९ बस्ने धामी पक्राउ परेका छन् ।

झोलामा चरेश लिएर पैदल हिडिरहेका बेला धामीलाई बैतडीका सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालय बैतडीको संयुक्त टोलीले पक्राउ गरेको प्रहरी नायव उपरीक्षक अधिकारीले बताए ।

जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएअनुसार घटनाको थप अनुसन्धान भइरहेकोे छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग