रौतहट । रौतहटबाट कटुवा पेस्तोल र गोली सहित १ जना पक्राउ परेका छन् ।

१ थान कटुवा पेस्तोल र सोही पेस्तोलमा लाग्ने २ थान गोली सहित १ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

Your Ad Code Here

पक्राउ पर्नेमा दुर्गाभगवती गाउँपालिका २ भलुईया बस्ने २४ वर्षीय संजय साह सोनार रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएका छन् ।

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहट र ईलाका प्रहरी कार्यालय गंगापिपराबाट खटिएको प्रहरीले घर तलासी गर्ने क्रममा उक्त हतियार फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग