दाङ । जबरजस्ती करणी गरेको अभियोगमा एकजना प्रहरीले पक्राउ गरेको छ ।

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजनालाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

Your Ad Code Here

पक्राउ पर्नेमा तुल्सीपुर उपमहानगरपालिका ११ बस्ने कैलाली घर भएका २२ वर्षीय साहु भन्ने विष्णु सुनार रहेको प्रहरीले प्रहरीले जनाएको छ ।

सुनार र सोही उपमहानगरपालिका ११ बस्ने २४ वर्षीय उमेश विकले ती बालिकालाई सोही ठाउँस्थित एक कटेजको कोठामा लगि पालैपालो सामूहिक जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय तुल्सीपुरबाट खटिएको प्रहरीले सुनारलाई पक्राउ गरेको जनाएको छ ।

उनीमाथि जिल्ला अदालत दाङबाट ७ दिनको म्याद अनुमति लिई थप अनुसन्धान गर्नुका साथै हाल फरार उमेशको प्रहरीले खोजी गरिरहेको बताएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग