दाङ । आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा श्रमति पक्राउ परेकी छन् ।

आफ्नै श्रीमान ५० वर्षीय छबी नारायण चौधरीको हत्या गरेको अभियोगमा गएराति श्रमतिलाई प्रहरीले पक्राउ गरेको हो ।

Your Ad Code Here

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका ९ मछै बस्ने ५८ वर्षीया मनसरा घर्ती रहेको जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले जनाएको छ ।

छबी नारायण चौधरी आफ्नै घरमा मृत अवस्थामा फेला परेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा सम्पत्तीको बिषयमा बिवाद हुँदा मनसराले हातले घाँटी थिचेर हत्या गरेको खुल्न आएपछि मनसरालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग