काठमाडौं । नेता रामबहादुर थापा बादलले आफ्नै पार्टीका नेताहरुको कारण प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको बताएका छन् ।

ओली समूहका नेता बादलले आफ्नै पार्टीका नेताहरुले अविश्वासको प्रस्ताव ल्याएर कूराजनीतिक गर्न खोजेपछि प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने राजनीतिक कदम चालेको बताएका हुन् ।

Your Ad Code Here

ओली समूहको काठमाडौं जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै बादलले संसद विघटन साहसिक कदम भएको पनि बताए । उनले ‘बाहृय रुपमा प्रतिगमनतिर फर्किए जस्तो देखिएको छ, तर हामी नयाँ उचाईमा पुगेका छौं । सर्बत्र यसको समर्थन भइरहेको छ ।’ भनेका छन् ।

साथै आफूहरुको एजेण्डा, विचार, सिद्धान्त र नेतृत्व सही भएको भन्दै ओली समूहका नेता बादलले चुनावमा गएर प्रतिगमनकारीहरुलाई भण्डाफोर गर्नुपर्ने उनले पनि बताए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग