काठमाडौँ : नवलपुर, बाँके र सुनसरीमा गरी आज बिहान थप चार कोरोना संक्रमितको मृत्यु भएको छ ।पूर्वी नवलपरासीमा कोरोना संक्रमण पुष्टी भई होम आइसोलेशनमा रहेका दुई जना संक्रमितको मृत्यु भएको छ ।

नवलपरासीपूर्व कावासोती नगरपालिका ६ निवासी ६८ वर्षीय पुरुष र गैंडाकोट नगरपालिका २ निवासी ७७ वर्षीया महिलाको होम आइसोलेशनमा आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईंले जानकारी दिए ।

Your Ad Code Here
  1. बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक संक्रमित वृद्धको पनि मृत्यु भएको छ । मृत्यु हुनेमा झापा गैरीगञ्जका ७३ वर्षीय वृद्ध रहेको प्रतिष्ठानका सह-प्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिए ।
  2. आज बिहान ६ बजेर ४५ मिनेटमा मृत्यु भएका ती वृद्धमा कार्तिक ६ गते संक्रमण पुष्टि भई ७ गते प्रतिष्ठानमा भर्ना गरिएको गरिएको हो । वृद्धमा मुटु सम्बन्धी पूरानै समस्या रहेको श्रेष्ठले जानकारी दिएका छन् ।
  3. यस्तै बाँकेको नेपालगञ्जमा उपचाररत दाङका एक कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नं. ४ निवासी ७० वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा आज बिहान ५ बजे मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । कात्तिक ११ गतेदेखि नै आइसियूमा उपचार भइरहेका ती वृद्धमा १२ गते बेलुका मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग