सप्तरी(फत्तेपुर)। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

हाल लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ भने बाँकि भु–भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Your Ad Code Here

आगामी तीन दिनको मौसम पूर्वानुमान

पौष १२ गते (आईतबार)

दिउँसोः गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू–भागमा आंशिक बदली रहनेछ।

रातीः प्रदेश १, बागमती र गण्डकी र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू–भागमा आंशिक बदली रहनेछ।

पौष १३ गते (सोमबार)

दिउँसोः प्रदेश नं १, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

रातीः प्रदेश नं १, गण्डकी र सुदुर पश्चिम प्रदेशमा आंशिक बदली रहि बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

पौष १४ गते (मंगलबार)

दिउँसोः देशका पहाडी र उच्च हिमाली भु –भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

रातीः देशका पहाडी भु–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग