सिमरा (RN)। उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री इं. बसन्त कुश्वाहाको विशेष पहलमा अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने भएको छ ।

मधेश प्रदेश सरकारको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयले घरेलु, साना तथा मझौला उद्योगहरूको प्रवर्धन गर्ने उद्देश्यले जनकपुरधाममा आगामी कात्तिक २७ देखि ३० गतेसम्म पहिलो पटक यो प्रदर्शनी आयोजना हुन लागेको हो ।

Your Ad Code Here

उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री कुशवाहाले चार दिनसम्म चल्ने यस कार्यक्रममा घरेलु तथा साना उद्योगहरूको स्थापनाका लागि आवश्यक अत्याधुनिक उपकरण, मेसिनरी सामग्री र उत्पादनहरूको प्रदर्शनी गरिने बताउनुभयो ।

blog

उहाँले प्रदर्शनीमा उद्योग सञ्चालन, व्यवस्थापन, वित्तीय जानकारी तथा बजार विस्तारसम्बन्धी विशेष तालिम र परामर्श पनि दिइने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यो प्रदर्शनीले स्थानीय उद्योगलाई अन्तर्राष्ट्रिय बजारमा जोड्न र नयाँ प्रविधिबारे जानकारी दिन महत्त्वपूर्ण भूमिका खेल्ने छ ।”

यस प्रदर्शनीमा घरेलु, साना तथा मझौला उद्योगहरूको प्रवर्धनका लागि भारत, बङ्गलादेश, इन्डोनेसियालगायत पाँचभन्दा बढी राष्ट्रका उत्पादक संस्थाहरूको सहभागीता रहने अनुमान गरिएको गरिछ भने प्रदर्शनीको सम्पूर्ण जिम्मेवारी सिया इभेन्टसले गरिरहेको बताउनुभयो । प्रदर्शनीमा उद्योग स्थापनाका लागि आवश्यक अत्याधुनिक उपकरण, मेसिनरी र उत्पादनहरूको प्रदर्शनी गरिने छ ।

साथै, उद्योग सञ्चालन, व्यवस्थापन, वित्तीय जानकारी र बजार विस्तारसम्बन्धी विशेष तालिम र परामर्श सत्रहरू पनि सञ्चालन गरिने छ । प्रदेश सरकारको यो पहलले स्थानीय उद्योगीलाई नयाँ प्रविधि र वित्तीय ज्ञान प्रदान गरी उनीहरूको व्यवसाय विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग