सप्तरी । चितवनमा बसको ठक्करबाट मोटरसाइकल चालकसहित २ जनाको मृत्यु भएको छ ।
आज बिहान ९ बजे चितवनको रत्ननगर नगरपालिका १० मा बसको ठक्करबाट मोटरसाइकल चालकसहित २ जनाको मृत्यु भएको हो ।
मृत्यू हुनेमा मोटरसाइकल चालकसहित सोलुखुम्बुको टापटिङ ५ का २४ वर्षीय अनिल मगर र मोटरसाइकलमा पछाडी सवार सुनसरीको धरान ९ का २० वर्षीय गौरव राई रहेको प्रहरी जनाएको छ ।
सनराईज बोर्डिङ स्कुलको बा २ ख ५६७४ नम्बरको नम्बरको बसले बा ९२ प ५२०४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनीहरुको मृत्यू भएको इलाका प्रहरी कार्यालय रत्ननगरले जनाएको छ । बस चालक फरार रहेकाले खोजतलास भइरहेको जनाएको छ ।
तपाईको प्रतिक्रिया