सप्तरी। लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजार नगरपालिकाबाट डाइलेक्स डिसी ३४ बोतल, डाइजोपाम इन्जेक्सन ४५ एम्पुल, नुफिन इन्जेक्सन ४५ थान, पासमोप्रोक्सीरोन ४८ थान र १४ सय ९७ थान नाइट्राभेट ट्याब्लेटसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।
प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट सादा पोशाकमा खटिएका प्रहरी टोलीले गोलबजार नगरपालिका २ बस्ने २२ बर्षीय राकेश कुमार साह र मिर्चैया नगरपालिका ८ बस्ने २७ बर्षीय अनिल शर्मालाई पक्राउ गरेको छ ।
स ७ प ५७१२ र स १० प ५५२२ नम्बरको मोटरसाइकलमा लागू औषध बिक्री वितरण गर्न गोलबजारबाट लहानतर्फ लाँदै गर्दा इलाका प्रहरी कार्यालय गोल बजारबाट पक्राउ गरेको सिरहाका प्रहरी प्रवक्ता शालिग्राम शर्माले बताए । साथै थप अनुसन्धान भइरहेको जनाएको छ ।
तपाईको प्रतिक्रिया