सप्तरी । इटहरीमा सवारी दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ ,भने १ जना घाइते भएका छन् ।
शनिबार साँझ सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका-१ आँपगाछीमा सवारी दुर्घटना हुदा १ जनाको मृत्यु हुनुको साथै १ जना घाइते भएका हुन् ।
प्रहरीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा धरान-१० का ३० वर्षीय विक्रम चेमजोङ रहेको छ, भने घाइते हुनेम सोही ठाँउको साइल तुलाधर रहेका छन् ।
इटहरीबाट धरानतर्फ जाँदै गरेको को३२प ६७१६ नं को मोटरसाइकल र धरानबाट इटहरीतर्फ आउँदै गरेको को१ख ५५२७ नं को ट्रक एकापसमा ठोक्किँएर दुर्घटना भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताएका छन् ।
तपाईको प्रतिक्रिया