तनहुँ। १० हजार घूससहित प्रहरी हवल्दार पक्राउ परेका छन् ।
अख्तियारले घूससहित महिला तथा बालबालिका सेवा केन्द्र बेलचौतारामा कार्यरत प्रहरी हबल्दार शान्ति भण्डारीलाई पक्राउ गरेको हो ।
भण्डारीले उक्त कार्यालयबाट नियन्त्रणमा लिएको व्यक्ति छुटाइदिए वापत बिभिन्न बहाना बनाई सेवाग्राहीसँग अतिरिक्त रकम माग गरेको उजुरीको आधारमा अख्तियारले उनलाई नियन्त्रणमा लिएको जनाएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको अख्तियारका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले बताएका छन् ।
तपाईको प्रतिक्रिया