कुनै पनि काम गर्नुअघि बिहान सबेरै उठेर स्नान गर्नु सामान्य शास्त्रीय विधि हो। तर आज हामी तपाईलाई एक यस्तो विधि बताउनेछौँ, जुन काम गर्नुअघि न नुहाउनु पर्छ न ब्रस गर्न। तपाई यो विधि आँखा खुल्ने बित्तिकै प्रयोग गर्न सक्नुहुनेछ।
शास्त्रका अनुसार बिहान आँखा खुल्नासाथ आफ्नो हातको हत्केला आफ्नो अगाडि मिलाएर राख्नुहोस् र त्यसको दर्शन गर्नुहोस्। त्यसपछि तपाईले यो मन्त्र जप गर्नु पर्ने हुन्छः कराग्रे बसति लक्ष्मीः कर मध्ये सरस्वती, करमूले तु ब्रह्मा, प्रभाते कर दर्शनम् ।
जसको अर्थ, हत्केलाको अग्रभागमा भगवान् लक्ष्मी, मध्ये भागमा विद्यादेवी सरस्वती र मूल भागमा भगवान गोविन्दको निवास छ। म आफ्नो हत्केलामा यिनको दर्शन गर्दछु। यो मन्त्र जप गर्दा तपाईले आफ्नो हत्केलामा मात्र ध्यान केन्द्रित गर्नुपर्दछ। र मन्त्र जपपछि दुबै हात घर्षण गरेर आफ्नो अनुहारमा लगाउनु पर्दछ।
तपाईको प्रतिक्रिया