सप्तरी । बालिका बलात्कारको अभियोगमा उदयपुरबाट एक जना पक्राउ परेका छन् ।
छ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा उदयपुरको बेलका नगरपालिका–३ का एक पुरुष पक्राउ परेका हुन्। पक्राउपर्नेमा बेलका–३ का ५९ वर्षीय खड्गबहादुर विक रहेको इलाका प्रहरी कार्यलय रामपुर ठोक्सीलाले जनाएको छ ।
इलाका प्रहरी कार्यालयका प्रमुख तेजबहादुर दाहालले बताएअनुसार बलात्कार गरेको जाहेरी शुक्रबार इप्रका रामपुरमा परेपछि उनलाई पक्राउ गरेको गरिएको हो । पीडित भनिएकी बालिकाको शुक्रबार साँझ नै जिल्ला अस्पताल उदयपुरमा स्वास्थ्य जाँच गराइएको जनाएको छ।
तपाईको प्रतिक्रिया