सप्तरी (फत्तेपुर) । हाल सुदुर पश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाकि भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।
देशभर तापक्रममा हल्का गिरावट आई चिसो बढ्न सक्ने हुनाले त्यसबाट बच्ने उपाय अपनाउन हुन साथै पहाडका केही भू–भागहरुमा वायुको पारदर्शितामा कमी हुन गइ सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सबैमा अनुरोध छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
पौष ६ गते (सोमबार)
दिउँसो : सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकि भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
राती : सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश तथा बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकि भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
पौष ७ गते (मंगलबार)
दिउँसो स: प्रदेश नं १, लुम्बिनी प्रदेश तथा सुदुरपश्चिम प्रदेशका भू–भागहरूमा आंशिक बदली रही बाँकि भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
राती : प्रदेश नं १ प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकि भू–भागहरूमा मौसम सामान्यतया सफा रहनेछ ।
पौष ८ गते (बुधबार)
दिउँसो : देशभर आँशिक देखि सामान्य बदली रहनेछ ।
राती : देशभर आँशिक देखि सामान्य बदली रही उच्च हिमली भेगका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
तपाईको प्रतिक्रिया