सप्तरी (फत्तेपुर) । महोत्तरीमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
हिजो महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिका – ६ स्थित जलेश्वर–बर्दिवास भित्री सडकखण्ड अन्तर्गत जन्तीको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा, भारत विहार राज्य सीतामढी जिल्ला ग्रामपञ्चायत मुढा घर भई जन्ती आएका ३५ वर्षीय राजेश सिंह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले जानकारी दिए । घटनापश्चात् गाडी चालक फरार भएका थिए ।
जन्ती जादैँ गरेको बीआर ०५ पी २०२२ नम्बरको जीप दुर्घटना हुँदा उनको मृत्यु भएको प्रहरीले जानकारी दिए ।
तपाईको प्रतिक्रिया