सर्लाही । सर्लाहीको बस्तीपुर चोकमा ट्रकले ठक्कर दिँदा एक विद्यार्थीको मृत्यु भएको छ।
पूर्वपश्चिम लोकमार्गअन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–९, बस्तीपुर चोकमा सोमबार बिहान ट्रकले ठक्कर दिँदा एक विद्यार्थीको मृत्यु भएको हो।
मत्यु हुनेमा स्थानीय जनज्योति माविमा कक्षा ९ मा अध्ययनरत चन्द्रनगर गाउँपालिका–१ का १६ वर्षीय दीपेन्द्रकुमार यादव रहेको इलाका प्रहरी कार्यालय लालबन्दीले जानकारी दिए ।
पश्चिमतर्फ जाँदै गरेको ना ३ ख ७९९० नम्बरको ट्रकले ट्युसन पढ्न जाने क्रममा हिँडिरहेका यादवलाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय लालबन्दीका कार्यालय प्रमुख प्रहरी निरीक्षक निर्मल थापाले जानकारी दिए । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रण लिएको छ।
तपाईको प्रतिक्रिया