सप्तरी । कोरोना भाइरस संक्रमणबाट देशमा थप १ जनाको मृत्यु भएको छ ।
पछिल्लो चौबीस घण्टामा थप १ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । योसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५७३ पुगेको छ ।
त्यस्तै, पछिल्लो चौबीस घण्टामा देशमा १ सय ८१ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख २५ हजार ७१५ पुगेको छ ।
पछिल्लो चौबीस घण्टामा२ सय २८९ जना संक्रमणमुक्त भएका छन् । हालसम्म आठ लाख ८ हजार ८९२ जना संक्रमणमुक्त भएका छन् ।
तपाईको प्रतिक्रिया