बैतडी । बैतडीको डिलासैनी आसपास केन्द्र भएर भूकम्प गएको छ ।
आइतबार बेलुका ६ बजेर ४४ मिनेटमा सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीको डिलासैनी आसपास केन्द्र भएर भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट तीर्थराज दहालले जानकारी दिए ।
उक्त भूकम्प ३ दशमलव ५ रेक्टर स्केलको रहेको जनाइएको छ । भूकम्पको धक्का बैतडीसहित दार्चुला र बझाङका केही क्षेत्रमा गरिएको थियो । भूकम्पले क्षति गरेकोबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया