इटहरी । सुनकोसी नदीमा बेपत्ता भएका बालबालिकाहरुलाई खोज्न गोताखोर परिचालन गरेको छ।
सशस्त्र प्रहरी बलले आइतबार पौडी खेल्ने क्रममा सुनकोसी नदीमा बेपत्ता भएका तीनजना बालबालिका खोज्न गोताखोर परिचालन गरेको हो। आइतबार होली खेलेर सुनकोसीमा नुहाउन गएका उदयपुरको त्रियुगा नगरपालिका १४ साउनेका तीन बालबालिका नदीमा बेपत्ता भएका थिए।
आइतबार राति अबेरसम्म सशस्त्र प्रहरी बल नम्बर ५ त्रियुगा गण उदयपुरले बालबालिकाको खोजी गरेको थियो। तर हिजो राति अबेलासम्म खोजतलास गरे पनि बेपत्ता बालबालिकालाई फेला पार्न नसकेपछि आज सोमबार बिहानैबाट फेरि खोजी सुरु गरिएको हो।
कोसी प्रदेश नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीबाट बालबालिकाको खोजीमा गोताखोर परिचालन गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए। सशस्त्र प्रहरी निरीक्षक उमेश काफ्लेको कमान्डमा ९ जना गोताखोरसहितको फौज परिचालन गरेर बिहानैदेखि खोजी कार्य सुरु गरिएको थापाले बताए।
उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बरऔ १४ साउनेका ८ वर्षीय चोलकचन्द्र मगर, ७ वर्षीय रिदम मगर र ११ वर्षीया रेखा मगर नदीमा बेपत्ता छन्।
उनीहरूसँगै पौडी खेल्न गएका अन्य ४ बालबालिकालाई भने स्थानीयले सुनकोसी नदीबाट उद्धार गरेका थिए।
तपाईको प्रतिक्रिया