धनुषा । एक दलित युवतीमाथि सामुहिक बलात्कार भएको छ।
गणेशमान चारनाथ नगरपालिका ११ मा गए मध्यराती एक दलित युवतीमाथि सामुहिक बलात्कार भएको हो । पीडित युवती गणेशमान चारनाथ नगरपालिका वडा न.११ की अन्दाजी १६ वर्षकि रहेकी छन् ।
धनुषाधाम नगरपालिका वडा नं। ४ र गणेशमान चारनाथ नगरपालिकाको वडा नं। ११ दुबै वडा एउटै गाउँमा रहेको छ। दीपावलीको अवसरमा धनुषाधाम नगरपालिका वडा नं। ४ स्थित गौरीपुरमा मनोरञ्जनात्मक हिसाबले लक्ष्मी पूजाको अवसरमा आरके ऎष्ट्रा डान्स आयोजना गरिएको थियो । पीडित युवती नाच हेरिरहेकि थिइन् ।
पिसाब फेर्न बाहिर निस्किँदा रक्सीले मातिएका दुई युवकले मुख थुनेर कार्यक्रम स्थलभन्दा १ किलोमिटर पूर्व तथा अनहेरबाट प्राथमिक विद्यालय शंकरपुर नजिक पश्चिममा रहेको आँप गाछीमा लागि बलात्कार गरेको पीडित युवतीले बताइन् ।
तपाईको प्रतिक्रिया