Sunday, April 2, 2023
Kantipur Sandesh
Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अपराध
  • स्वास्थ्य/शिक्षा
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • रोचक
    • राशिफल
    • पत्र-पत्रिका
    • फोटो फिचर
    • गजल/कविता
    • धर्म/संकृतिक
    • विज्ञान/प्रवाधि
TRENDING
युरोपा टुँडिखेल सेना उपचार बिरामी सुन गायब महासप्तमी मर्डर दशैं क्लिन फिड
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अपराध
  • स्वास्थ्य/शिक्षा
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • रोचक
    • राशिफल
    • पत्र-पत्रिका
    • फोटो फिचर
    • गजल/कविता
    • धर्म/संकृतिक
    • विज्ञान/प्रवाधि
kantipur-sandesh-kantipursandesh-News-logo
No Result
View All Result

विकासको पूर्वाधारमा कमसल सामग्री प्रयोग हुँदै आएको गुनासो


विकासको पूर्वाधारमा कमसल सामग्री प्रयोग हुँदै आएको गुनासो

सप्तरीमा भइरहेको विकासको पूर्वाधारमा कमसल सामग्री प्रयोग हुँदै आएको स्थानीय सरकारले गुनासो गरेका छन् । सङ्घीय सरकारको बजेटबाट निर्माण भइरहेका काममा यस्तो गुनासो आएको हो ।

जिल्लाको बलान बिहुल गाउँपालिका–२, चनहीस्थित हुलाकी सडक छेउमै १५ शयाको प्राथमिक अस्पताल भवन निर्माणको जिम्मेवारी रौता निर्माण कम्पनीले ठेक्का पाएको छ । अस्पताल निर्माणका लागि साइटमा ल्याइएका निर्माण सामग्री कमसल भएको भन्दै स्थानीय तथा जनप्रतिनिधिले गुनासो गरेका छन् । अस्पताल निर्माणका लागि ल्याएका बालुवा, गिट्टी, इँटा तीन नम्बरको भएको स्थानीय युवा कासिन्द्र यादवको भनाइ छ ।

सङ्घीय सरकार स्वास्थ्यतर्फको १६ करोड बजेटबाट निर्माण भइरहेको अस्पताल गत आर्थिक वर्षमै रौतासँग ठेक्का सम्झौता गरिएको हो । कम्पनीले १० महिना ढिलो गरी यही हप्तादेखि नै अस्पताल भवन निर्माणको काम सुरु गरिएको छ । वडा नं। ६ का अध्यक्ष सुरजकुमार दासले सोमबार निर्माण स्थल अनुगमन गरी अस्पतालजस्तो संवेदनशील सार्वजनिक भवन कमसल सामग्रीले निर्माण गर्न नदिने बताउनुभएको छ । जनप्रतिनिधिको गुनासोबारे हामी साइटमा खटाइएका इन्जिनियरसँग जानकारी लिएर सुधार गर्ने रौता कन्ट्रक्सनका निर्देशक नरेन्द्र खत्रीले बताउनुभयो ।

कोसी पम्प चन्द्रनहर सिँचाइ व्यवस्थापन कार्यालय राजविराजसँग एडी÷स्वताली जेभी बौद्ध काठमाडौँले १० करोड ५१ लाख ५३ हजार ६८५ रुपियाँमा सम्झौतामा निर्माणाधीन बिहुल नदीको पुलमा पनि समस्या आएको छ । माटोयुक्त गिट्टी र सिमेन्ट कम राखेर काम गर्दै आएको जानकारी पाएपछि पुल निर्माण स्थल पुग्नुभएका वडाध्यक्ष दासले उक्त साइट घन्टौँसम्म बन्द गराइएको भन्नुभयो ।

पुल निर्माण साइटमा एक हप्तादेखि निरन्तर काम हुँदै आएको छ तर सम्झौता गरिएका कार्यालयलाई काम सञ्चालन भए नभएको जानकारी छैन । कोसी पम्प चन्द्रनहर सिँचाइ व्यवस्थापन कार्यालयका डिभिजन इन्जिनियर शिवजी साह भन्नुहुन्छ, “हामीलाई त ठेक्का कम्पनीले काम नै सुरु भएको छैन भनेर भन्नुभएको थियो । यद्यपि जानकारी नै नदिइ काम हुँदैछ भने हामी दुई÷तीन दिनभित्रै साइट भिजिट गर्छौं ।”

जिल्लाको खडक, शम्भुनाथ, बोदेबरसाइन, डाक्नेश्वरी नगरपालिका, महदेवा, तिलाठी कोइलाडी, रूपनी गाउँपालिकालगायत धेरैजसो स्थानीय तहमा सङ्घीय सरकारको बजेटबाट सुरु भएका विकासका पूर्वाधारका संरचनामा कमसल निर्माण सामग्री प्रयोग भएको गुनासो छ । हामी स्थानीय युवाको खबरदारीले खडक नगरपालिकामा निर्माण भइरहेको अस्पतालको कमसल ढलान भत्काएर पुनः निर्माण सुरु गरेका छन् ।

पालिकाभित्र विकास निर्माणको काममा एक रुपियाँ पनि कमिसन नलिएर मजबुत र गुणस्तरीय काम होस् भनेर निरन्तर अनुगमन गर्दै आएको बलान विहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवले बताउनुभएको छ । गोरखापत्र अनलाइनबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

उपेन्द्र यादवलाई पुनः पराजित गर्न सिके राउत उर्तिए मैदानमा, उपेन्द्र संकटमा !
banner News

उपेन्द्र यादवलाई पुनः पराजित गर्न सिके राउत उर्तिए मैदानमा, उपेन्द्र संकटमा !

चैत्र ९, २०७९, ३:३७ PM
घुस रकमसहित वडा अध्यक्ष र सचिव पक्राउ
banner News

घुस रकमसहित वडा अध्यक्ष र सचिव पक्राउ

चैत्र ९, २०७९, २:३३ PM
राष्ट्रपति तथा उपराष्ट्रपतिका लागि उम्मेदवारको योग्यता यस्तो छः
banner News

राष्ट्रपति तथा उपराष्ट्रपतिका लागि उम्मेदवारको योग्यता यस्तो छः

फाल्गुन १०, २०७९, १२:३४ PM
टर्कीमा फेरि विनाशकारी भूकम्प, तीन जनाको मृत्यु
banner News

टर्कीमा फेरि विनाशकारी भूकम्प, तीन जनाको मृत्यु

फाल्गुन ९, २०७९, ८:५७ AM
जनमत पार्टीको समानुपातिक कोटाबाट संघीय संसद बन्न सफल “अब्दुल खानं”को हुन् ?
banner News

जनमत पार्टीको समानुपातिक कोटाबाट संघीय संसद बन्न सफल “अब्दुल खानं”को हुन् ?

मंसिर २५, २०७९, ९:५७ AM
जनमत पार्टीको तर्फबाट प्रतिनिधि सभा सदस्यमा मो अब्दुल खानसहित ५ जना चयन
banner News

जनमत पार्टीको तर्फबाट प्रतिनिधि सभा सदस्यमा मो अब्दुल खानसहित ५ जना चयन

मंसिर २२, २०७९, ११:०८ PM

ताजा समाचार

उपेन्द्र यादवलाई पुनः पराजित गर्न सिके राउत उर्तिए मैदानमा, उपेन्द्र संकटमा !

उपेन्द्र यादवलाई पुनः पराजित गर्न सिके राउत उर्तिए मैदानमा, उपेन्द्र संकटमा !

1 week पहिले
घुस रकमसहित वडा अध्यक्ष र सचिव पक्राउ

घुस रकमसहित वडा अध्यक्ष र सचिव पक्राउ

1 week पहिले
राष्ट्रपति तथा उपराष्ट्रपतिका लागि उम्मेदवारको योग्यता यस्तो छः

राष्ट्रपति तथा उपराष्ट्रपतिका लागि उम्मेदवारको योग्यता यस्तो छः

1 month पहिले
विकासको पूर्वाधारमा कमसल सामग्री प्रयोग हुँदै आएको गुनासो

विकासको पूर्वाधारमा कमसल सामग्री प्रयोग हुँदै आएको गुनासो

1 month पहिले
टर्कीमा फेरि विनाशकारी भूकम्प, तीन जनाको मृत्यु

टर्कीमा फेरि विनाशकारी भूकम्प, तीन जनाको मृत्यु

1 month पहिले
जनमत पार्टीको समानुपातिक कोटाबाट संघीय संसद बन्न सफल “अब्दुल खानं”को हुन् ?

जनमत पार्टीको समानुपातिक कोटाबाट संघीय संसद बन्न सफल “अब्दुल खानं”को हुन् ?

4 months पहिले

               हामी पूर्णत:कानुनी छौं                 
 सुचना विभाग दर्ता नं. :   २४१८/ ०७७-७८
कम्पनी रजिष्ट्रार दर्ता नं. : २४७०५७/०७७/०७८
राजस्व विभाग (PAN) : ६०९८४७९३८

हाम्रो बारेमा

तपेश्वरी मिडीया ग्रुप प्रा.लि.द्वारासञ्चालित
कान्तिपुर संदेश डटकम अनलाइन
ठेगाना: सप्तकोशी न.पा.-२, सप्तरी
फोन: +९७७-९८१३१८४४५४
ईमेल: [email protected]
वेब : www.kantipursandesh.com

अध्यक्ष तथा सञ्चालकः राम नारायण राउत

हाम्रो टीम

सम्पादकः किरण कुमार चौधरी

व्यवस्थापकः सगिन्ता फतेपुरिया

समाचारका लागिः ९८१३१८४४५४

विज्ञापनका लागिः ९८४९४१५१५७

डेक्सः रेनुका चौधरी, विनिता चौधरी 

महिनारायण राउत, रबिना चौधरी

© 2020 Kantipur Sandesh

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अपराध
  • स्वास्थ्य/शिक्षा
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • रोचक
    • राशिफल
    • पत्र-पत्रिका
    • फोटो फिचर
    • गजल/कविता
    • धर्म/संकृतिक
    • विज्ञान/प्रवाधि