सप्तरी (फत्तेपुर) । विराटनगरमा सफारी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

आज दिउँसो २ बजेतिर मोरङ जिल्लाका कटहरी गाउँपालिका–१ चौधरी चोकमा सफारी दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।

Your Ad Code Here

स्थानीय बासिन्दाले दिएको जानकारी अनुसार गुडिरहेको सिटी सफारीबाट लडेर चालक विराटनगर महानगरपालिका–२ का ३५ वर्षीय सुनिल मण्डको मृत्यु भएको छ ।

मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले लडेका बेला चालक आफैले सफारी चलाइरहेका थिए । उनका अनुसार दिउँसो २ बजेतिर घटना भएका बेला सफारी भने खाली थियो । एक्कासी शरीर भुइँमा ढले पनि उनको खुट्टा सफारीमै अड्किएको थियो ।

उनको मृत्युको कारण खुल्न नसकेको र घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । प्रहरी घटनास्थलमा पुग्दा खुट्टा सफारीमै अड्किएको र शरीर भुइँमा ढलेको अवस्थामा चालकलाई मृत फेला पारिएको एसपी खड्काले बताए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग