सप्तरी (फत्तेपुर) । विराटनगरमा सफारी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
आज दिउँसो २ बजेतिर मोरङ जिल्लाका कटहरी गाउँपालिका–१ चौधरी चोकमा सफारी दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।
स्थानीय बासिन्दाले दिएको जानकारी अनुसार गुडिरहेको सिटी सफारीबाट लडेर चालक विराटनगर महानगरपालिका–२ का ३५ वर्षीय सुनिल मण्डको मृत्यु भएको छ ।
मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले लडेका बेला चालक आफैले सफारी चलाइरहेका थिए । उनका अनुसार दिउँसो २ बजेतिर घटना भएका बेला सफारी भने खाली थियो । एक्कासी शरीर भुइँमा ढले पनि उनको खुट्टा सफारीमै अड्किएको थियो ।
उनको मृत्युको कारण खुल्न नसकेको र घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । प्रहरी घटनास्थलमा पुग्दा खुट्टा सफारीमै अड्किएको र शरीर भुइँमा ढलेको अवस्थामा चालकलाई मृत फेला पारिएको एसपी खड्काले बताए ।
तपाईको प्रतिक्रिया