बिराटनगर । नेपाल कम्युनिस्ष्ट पार्टीका नेता जनार्दन शर्माले केपी शर्मा ओली अरु हातको कठपुतली भएको बताएका छन् ।
बिराटनगरमा शनिबार आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्वोधन गर्दै नेता शर्माले ओली अरुको हातको कठपुतली भएको बताएका हुन् ।
देशमा प्रम ओली मात्रै निरीह प्राणी भएको समेत उनले बताएका छन् । उनले ‘यो देशमा कोही निरीह प्राणी छ भने त्यो ओली हुन्’ भनेका छन् ।
साथै शर्माले ओली आवश्यक रहुञ्जेल मात्रै प्रयोग हुने पनि बताएका छन् । उनले थप्दै ‘उनलाई आवश्यक रहुञ्जेल प्रयोग गर्छन् र फालिदिन्छन् ।’ भनेका छन् ।
तपाईको प्रतिक्रिया