काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली पक्षको केन्द्रिय कमिटी बैठक आज दिउँसो १ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको छ ।
आजको भेलाले नयाँ केन्द्रिय कमिटीका सदस्यहरुलाई शपथ ग्रहण गराउने कार्यक्रम तय भएको केन्द्रिय सदस्य दीपक देवकोटाले बताएका छन् । त्यस्तै आजको बैठकले नेताहरुको कार्य विभाजन, जिम्मेवारी तोक्ने र विधान संशोधनको निर्णय गर्ने तयारी भएको नेता देवकोटाले जानकारी दिएको हो ।आजको बैठकपछि पार्टीले जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रमलाई जोड दिने उनले बताएका छन् ।
सोहीअनुसार अध्यक्ष प्रचण्ड–नेपाल पक्षको केन्द्रिय कमिटी बैठक पनि आज बस्दैछ । ववरमहलस्थित कार्की ब्याङ्क्वीटमा साढे ११ बजे बैठक आव्हान गरिएको नेता युवराज ज्ञवालीले जानकारी दिएका छन् । उनका अनुसार आजको बैठकमा नेताहरुको कार्यविभाजन हुनेछ बताएका छन् ।
त्यस्तै, आजको बैठकले जनपरिचालन तथा आन्दोलनको कार्यक्रम तय गर्ने निर्णय गर्ने नेता ज्ञवालीले बताएका छन् । आजको केन्द्रिय कमिटी बैठकपछि बैठक, भेला तथा प्रशिक्षण कार्यक्रमको कार्यक्रम तय हुने पनि उनले बताए ।
दुवै पक्षले निर्वाचन आयोगमा कागजात पेश गरिसकेक छन् । कुन पार्टीलाई नेकपाको आधिकारिता प्रदान गर्ने विषयमा निर्वाचन आयोगले चाँडै निर्णय गर्ने बताएको छ । हिजो बुधबार अध्यक्ष ओली पक्षको प्रदेशस्तरीय भेला र प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । बैठकमा सबै जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रिय सदस्यहरुलाई जिल्लाको बारेमा व्रिफिङ गर्न लगाइएको थियो ।
तपाईको प्रतिक्रिया