सप्तरी (R.N. Raut) । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष कमरेड केपी शर्मा ओली सप्तरी जिल्लाको कंचनरुप नगरपालिका आउने भएका छन् ।
भोली शनिबार जिल्लाको कंचनरुप नगरपालिका वडा नम्बर १२, धर्मेश्वर चौकमा आयोजित जनसभालाई सम्बोधन गर्न पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी ओली यहाँ आउने भएका हुन् ।
जनसभा बारे औपचारिक रुपमा जानकारी गराउन धर्मेश्वर चौकमै आज बिहान ८ बजे पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । सोही सम्मेलन मार्फत् नेकपा एमालेका प्रभावशाली नेता राजकुमार लेखिले अध्यक्ष ओली लगायत पार्टीका बरिष्ठ एवम् अन्य प्रभावशाली नेताहरुको समेत आगवन हुने जानकारी दिए ।

कार्यक्रमका लागि बिभिन्न जातजाती भाषभाषीको पोषाकसहितको झाकी र्याली, एक हजार जनाको कलश यात्रा, ३५० जना युवा स्वयम सेवकको सुरक्षा दास्ता तयार गरिनुका साथै यसै कौक्रमबीच कम्युनिष्ट आन्दोलन र प्रजातान्त्रीक बाम कम्युनिष्ट आन्दोलन योगदान दिएका सहिद परिवार र योद्धाहरुको सम्मान, बिभिन्न जनवर्गिय संगठनहरुको घोषणा समेत गरिने छ ।

चुनाव लक्षित आयोजित यस कार्यक्रमबीच सर्यौको सँख्यामा जसपा र कांग्रेसका नेता तथा कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गर्ने पाटीका केन्द्रिय सदस्य दिवाकर देवकोटाले जनाकारी दिएका छन् । साथै पार्टी प्रवेश गर्ने नेता तथा कार्यकर्ताहरुलाई अध्यक्ष ओली स्वयमले टिका माला लगाएर स्वागत गर्ने बताएका छन् । आयोजित जनसभाको तयारी लगभग पुरा भइसकेको युवाहरुको जिकिर छ । जनसभामा ५० हजार सम्मको संख्यामा जनसहभागीता रहन सक्ने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया